लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ - Pahilo Online

लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

writer

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ८ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले आईतबार राती झापाको मेचीनगर नगरपालिका ४ काँकडभिट्टा बस्ने ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका ६ बस्ने २६ वर्षीय पासाङ शेर्पालाई २२ दशमलब ३३ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । ईटहरीबाट धरानतर्फ जाँदै गरेको डब्लुबि ७४ ए एफ ३१४९ नम्बर प्लेटको भारतीय कार चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी कार चालक दाहाल र कारमा सवार शेर्पालाई नियन्त्रणमा लिईएको थियो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles