उदयपुर । उदयपुरको कटारीनगरपालिका ८ पाखा टोलबस्नेकृष्ण राजश्रेष्ठको घरमाआगोलागी हुँदा १५ लाख बराबरको क्षती भएको छ । शनिबार अपरान्ह साढे ४ बजेको समयमा घरमा कोही नभएको अबस्थामा निजकै ५ बर्षकी छोरीलेलाईटर खेलाउदा गाईगोठबाट अचानक आगोलागी हुँदा काठलेबनेको, फूसको छानाभएको २ तले २ वटा घर, घर भित्र रहेको सुन, चाँदी,अन्नपात, लगायत अन्य सामानहरु जलेर पूर्ण रुपमा नष्ठ हुँदा उक्त मुल्य बराबरको क्षती भएको हो । घटनास्थलमा अस्थायी प्रहरी चेकप्वाईन्टवेतिनीर स्थानीयवासीको सहयोगमा साँझ पौने ५ बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।



