सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो - Pahilo Online

सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो

६ जनाको परिचय खुल्यो

writer

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको भने ज्यान गुमाउनेमध्ये ६ जनाको परिचय खुलेको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको ६ किलोबाट पल्टिएको हो ।

घुम्ती नै घुम्ती रहेको सडकमा बस पल्टिँदा ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का अन्दाजी २४ वर्षका सुकबहादुुर तामाङ, जुुगल ६ का ७ वर्षका सविना तामाङ, दोलखा भिमेश्वर नगरपालिकाका अन्दाजी ३७ वर्षका जुनुुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षका मञ्जु तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ५ का अन्दाजी २९ वर्षका महेश तामाङ र भक्तपुर सूर्य्विनायक नगरपालिका ८ का ३२ वर्षका चिनु बस्नेतको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुुभयो ।

दुुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको हेम्स, धुलिखेल, केएमसी र सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दोलखाको कालिन्चोक दर्शन गरेर फर्केका उनीहरु शनिबार सिन्धुपाल्चोक मुढेमा बास बसेर बिहान भक्तपुरको सूूर्य्विनायक फर्कँदै गर्दा ६ किलोमा दुर्घटना भएको प्रहरी निरीक्षक खनालले जानकारी दिए। गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes