भू–माफिया भन्दै स्थानीयद्वारा चारजनालाई कुटपिट गरी बन्धक - Pahilo Online

भू–माफिया भन्दै स्थानीयद्वारा चारजनालाई कुटपिट गरी बन्धक

writer

पथरी शनिश्चरे । पथरीशनिश्चरे ३ किरातीचौकका स्थानीयल भोगचलन गर्दै आएको जग्गा किनबेचका लागि जग्गा दलाल आएको भन्दैे केही व्यक्तिलाई कुटपिट समेत गरी नियन्त्रणमा लिएर दिन भर बन्धक बनाएका छन्। बारा बडीगल्लीका विवेक जौशवाल, दीपक काफ्ले, माधव लामिछाने र राजेश जौशवाललाई स्थानीयले नियन्त्रणमा लिएर बन्धक बनाएका हुन्। शनिबार बिहान भारतीय नम्बर प्लिलेटको कारमा आएका पाँचजनाको समूहलाई स्थानीयले नियन्त्रणमा लिएका थिए।

नियन्त्रणमा लिएका मध्ये एकजना भागेका छन्। स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएर किरातीचौकमा स्थापना गरिएको अस्थाइ प्रहरी पोष्टमा थुनेका थिए। किराती चौकमा प्रहरी पोष्ट निर्माण गरिए पनि सो पोष्टमा प्रहरी भने बस्ने गरेका छैन। सो पोष्टलाई स्थानीयले भू–माफिया बन्दीगृह नामकरण गरेका छन्। यसअघि पनि दुई पटक चारजनालाई स्थानीयले नियन्त्रणमा लिएर यसरी नै थुनेका थिए। उनीहरूले झापाका भरत भट्टराईलाई दुई महिनाअघि नियन्त्रणमा लिएर पहिलो भू–माफिया कैदी धोषणा गरेका थिए।

प्रहरीले समस्या समाधान गर्न र घटनालाई आफ्नो नियन्त्रणमा लिन धेरै प्रयास गरेको थियो। साँझ विराटनगरबाट थप प्रहरी प्रयोग गरि थुनिएका चारजनालाई इलाका प्रहरी कार्यालय पथरीमा लगेको छ। स्थानीयले पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलीपकुमार राईले सुकुम्बासीका समस्या समाधानको प्रतिबद्धता नजनाउन्जेल नियन्त्रणमा लिएकालाई प्रहरीको जिम्मा नलागाउने अडान लिएका थिए। यद्यपि प्रहरीले थप बल प्रयोग गरी चारैजनालाई इलाका प्रहरी कार्यालय पथरीमा ल्याएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes