धनकुटा गोल्डकपको फाइनलमा दुहवी र धरान भिड्ने - Pahilo Online

धनकुटा गोल्डकपको फाइनलमा दुहवी र धरान भिड्ने

writer

धनकुटा । धनकुटाको हिलेमा जारी प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगितामा दुहवी फुटबल क्लब सुनसरी र रोयल धरान फुटबल फेन्ड क्लब फाइनलमा प्रबेश गरेका छन। शनिबार भएको पहिलो सेमिफाइनल खेलमा दुहवी फुटवल क्लब सुनसरीले रोयल स्पोटिङ क्वल झापा लाइ २–१ गोल अन्तरले पराजित गदै फाइनलको यात्रा तय गरेको हो।

विजयी टिमका लागि खेलको ४२औँ मिनेटमा भिखन चौधरीले पहिलो गोल गरे। त्यसलगत्तै झापाका सञ्जीब बुढाथोकीले ४३औँ मिनेटमा गोल फर्काए। पुनः सुनसरीको सिसम चौधरीले ५९ औँ मिनेटमा गोल थपेर आफ्नो टिमलाइ बिजयी बनाए। शनिबार नै भएको दोस्रो खेलमा रोयल धरान फुटवल फेन्ड क्लवले युनाइटेड युथ क्लव इलामलाइ २–० गोल अन्तरले पराजित गदै फाइनलको यात्रा तय गरेको हो। रोयलका लागि खेलको २० औ मिनेटमा अभिषेक तामाङ्गले पहिलो गोल गरे। त्यस्तै ५७ औ मिनेटमा बिनोद राइले गोल थप्दै २–० को अन्तरमा पुर्याए। जीतसँगै रोयलले फाइनलमा दुहवी फुटवल क्लव सुनसरी संगको भेट पक्का गरेको छ।

प्रतियोगिताको फाइनल खेल सोमवार हुने आयोजकले जनाएको छ। प्रतियोगितामा आयोजकको हिले फुटवल क्लव सहित, नेपाली आर्मीको वरख गण, धरान फुटवल फेन्ड क्लव, युनाइटेड युथ क्लव इलाम, दुहवी फुटवल क्लव सुनसरी, युस फुटवल क्लव मोरङ, इनरुवा फुटवल क्लव सुनसरी र रोयल स्पोटिङ क्वल झापा सहभागीता रहेको थियो। प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ सहित गोल्डकप, ट्रफी र उपविजेताले नगद ५० हजार रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes