खोटाङमा बोलेरो सडकबाट तला खस्दा १ जनाको मृत्यु - Pahilo Online

खोटाङमा बोलेरो सडकबाट तला खस्दा १ जनाको मृत्यु

writer

खोटाङ । खोटाङको रावाबेशि गाउपालिका ४ रमितेभिर स्थित भित्रि सडक खण्डमा बोलेरो सडकबाट तला खस्दा १ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजेको समयमा डुम्रेधारापानिबाट रावाखोला तर्फ जादै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अंदाजी १५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

घटनाबारेमा प्रहरी चौकी डुम्रेधारापानिमा जानकारी हुनासाथ घटनास्थलमा खटिएको प्रहरीको टोलीले बोलेरो चालक सल्यान जिल्ला सारदा नगरपालिका ११ बस्ने बर्ष २६ को राम बहादुर कुवर गम्भिर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाएको थियो । दुर्घटनामा परेर बोलेरोमा सवार खोटाङको रावाबेशि गाऊपालिका ४ गुहेले बस्ने बर्ष ४० को रमेश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको प्रहरी टोली पुगेर आवश्यक कानूनी प्रकृया गरीरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes