प्रदेश १ को नामाङकन हिँउदे अधिवेशनबाट पहिचानको आधारमा तय हुन्छ–मन्त्री आङ्बो - Pahilo Online

प्रदेश १ को नामाङकन हिँउदे अधिवेशनबाट पहिचानको आधारमा तय हुन्छ–मन्त्री आङ्बो

writer

पथरी शनिश्चरे । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले प्रदेशको नाम पहिचानको आधारमा जनभावना अनुरुप तय हुने बताएका छन् ।

मोरङ्गको पथरीमा बिहिबार सम्पन्न चासोक तङनाम फुङसोक उत्सव कार्यक्रमका प्रमुख अतिथि मन्त्री आङ्बोले सम्बोधनका क्रममा सो कुरा बताएका हुन्। कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले प्रदेशको नाम आउदो हिउदे अधिवेशनबाट तय हुने बताउनु बताए। सो अवसरमा आङबोले आवश्यक परे संविधान संशोधन गरेर र प्रदेशको संख्या बढाउन सकिने र नामाङकन गर्न सकिने प्रतिबद्धता रहेको बताए। अब प्रदेशको नामाङकन हुदा पहिचानको आधारमा जनताको जन भावनालाई मध्य नजर गर्दै राखिने उनको भनाइ छ।

मोरङ्गको पथरीमा ४ दिने विविध कार्यक्रम सहित चासोक तङनाम विहिबार सम्पन्न भएको छ। ऐतिहासिक खेल पक्लुङ लेप्मा, हप्रिङ लक्मा, लिःतोङ आप्मा लगायत उद्यौली पूजा, सम्मान कार्यक्रम, पुरस्कार वितरण, केःलाङ, माङ्लाङ, येवालाङ याःलाक्मा, हाक्पारे ख्यालीसहित साँस्कृतिक कार्यक्रमको साथमा उत्सब सम्पन्न भएको हो। विहिबारको समापन कार्यक्रममा चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बुको विशेष साँगीतिक कार्यक्रम समेत भएको थियो ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles