सिरिजंघा स्मृति रनिङकप पुरुष भलिबलको उपाधी रानी विराटनगरलाई, महिला तर्फ आज फाइनल - Pahilo Online

सिरिजंघा स्मृति रनिङकप पुरुष भलिबलको उपाधी रानी विराटनगरलाई, महिला तर्फ आज फाइनल

आज समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई मन्त्री ईन्द्र बहादुर आङ्बोले सम्बोधन गर्ने

writer

एलिना दियाली । पथरीशनिश्चरे । सिरिजंघा स्मृति रनिङकप पुरुष भलिबलको उपाधी रानि पुलिस बिराटनगरले जितेको छ। बुधबार भएको फाईनल खेलमा काङ्भा समाजलाई २५–१३,२८–२६,२५–२२ को सोझो सेटमा हराउँदै उपाधी चुमेको हो। रानीले उपाधी सङै नगद ५५ हजार ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।त्यसै गरि उपबिजेतामा चित्त बुझाएको काङ्भा समाजले नगद ३५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पत्र प्राप्त गरेको छ।

प्रत्येक बर्ष उभौलिको अवसरमा हुँदै आएको खेलमा पुरुषतर्फको दुबै पुरस्कारको प्रायोजन पथरीशनिश्चरे नगरपालिकाले गरेको छ ।पुरुष तर्फको भलिबल प्रतियोगितामा एभरेष्ट,कालिकोशी,आर्मी,क्याम्पा,पथरी बहुमुखी,रानी,कुशल युवा,काङ्भा,र आयोजक सृजङघा युवा क्लब सहित प्रदेश एकका नौ वटा टिमको सहभागिता रहेको थियो।

बुधबार नै भएको महिला भलिबल तर्फ पथरी बहुमुखीलाई हराउदै एभरेष्ट फाईनलमा प्रबेश गरेको छ। बिहीवार हुने फाईनल खेलमा दिपज्योती र एभरेष्ट आवासीय मावी बिच प्रतिस्पर्धा हुनेछ। महिला भलिबल तर्फ रेड स्टार,दिप ज्योति,पथरी बहुमुखी,भोजपुर ,एभरेष्ट साथै आयोजक सृजङघा युवा क्लब गरि ६ वटा टिमको सहभागीता रहेको छ। महिला तर्फको प्रथम हुने िटम ले नगद ३५ हजार साथै ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रथम पुरस्कार राशीको पर्शुराम कार्किले प्रायोजन गरेकाछ्न। त्यसै गरि दोश्रो पुरस्कारको राशी कोपिला श्रेङ्चोङ्बाङले प्रायोजन गरेकि छन्। २६ गते सम्म लाग्ने मेलामा लिम्बुहरुको ऐतिहािसक खेलहरु खेलाईने आयोजक बताएको छ। २५ गते सो लिम्बु समुदायको ऐतिहासिक खेल पक्लुङ लेप्मा (छेलो), हप्रिङ लक्मा (लङ जम्प), लि–तोङ आप्मा (धनु हान्ने) लगायतका कार्यक्रम तथा २६ गते उद्यौलि पुजाको साथै अक्षेता र फुलपाति वितरण गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

आज २६ गते हुने समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर लिम्बू (मौसम)ले सम्बोधन गर्नेछन। सोही दिन किरात याक्थुङ चुम्लुङ र सृजङ्घा धार्मिक बनको संयुक्त आयोजनामा भएको मेलामा स्थानिय कलाकारका साथै राष्ट्रिय कलाकार तारा प्रकाश लिम्बूको बेजोड साङिगितिक प्रस्तुतिसमेत रहनेछ । सम्पूर्ण कार्यक्रमहरु सिरिजंगा स्मृति धार्मिक वन क्षेत्रमा हुने आयोजकले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes