विराटनगर बिमानस्थल स्तरोन्नतिको काम अघि बढाउन तत्कालका लागि १ करोड बजेट विनियोजन - Pahilo Online

विराटनगर बिमानस्थल स्तरोन्नतिको काम अघि बढाउन तत्कालका लागि १ करोड बजेट विनियोजन

writer

विराटनगर । नागरिक स्तरबाट विमानस्थल स्तरोन्नतिका लागि पहल भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले विमानस्थल विस्तार गर्ने बताएको विराटनगर विमानस्थल विस्तारको काम अघि बढाउन नागरिक उड्यन प्राधिकरणले बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षबाट विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहणको काम अघि बढाउनका लागि तत्काल एक करोड रूपैयाँ बजेट विनियोजन भएको हो ।

आन्तरिक विमानस्थलको विकास तथा विस्तार गर्ने निती अनुरुप आर्थिक वर्ष २०७६–७७ को बजेटबाट एक करोड रुपैयाँ विनियोजन गरिएको कर्पाेरेट निर्देशनालयले विराटनगर विमानस्थललाई पठाएको पत्रमा उल्लेख छ ।पत्रमा विमानस्थल विस्तार गर्न आवश्यक पर्ने जग्गाको टुंगो लगाई काम अघि बढाउन भनिएको छ । नागरिक उड्यन प्राधिकरण विराटनगरलाई केही दिनअघि काम अघि बढाउन पत्र पठाएको हो । तर विराटनगर विमानस्थलको बिस्तारका लागि मास्टर प्लान बनिसकेको छैन । मास्टर प्लान विना आएको बजेट कार्यान्वयन गर्न जटिल हुन्छ । बजेट विनियोजन भएको पत्र आएपछि जग्गा अध्रिग्रहणका लागि फोकल पर्सन तोकेर पर्याप्त बजेट विनियोजनका लागि नागरिक उड्यन प्राधिकरणमा पून पत्र पठाएको विराटनगर नागरिक उड्यन कार्यालयका प्रमुख टेकनाथ सिटौलाले बताए

गत १७ मंसिरमा विराटनगर विमानस्थल विस्तारका विषयमा पर्यटन मन्त्री योगेश भट्टराईको उपस्थितिमा विराटनगरमा छलफल भएको थियो । छलफलपछि मन्त्री भट्टराईले विमानस्थलको धावनमार्ग २५ सय मिटर बनाउने गरी काम अघि बढाउने बताएका थिए । विराटनगर विमानस्थलको धावनमार्गको लम्बाई हाल १५ सय मिटर रहेको छ । २५ सय मिटर लम्बाई बनाउँदा १५० बिगाहा जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । जग्गा अधिग्रहणका लागि न्यून बजेट आएका कारण नागरिक उड्यन प्रधिकरणलाई काम अघि बढाउन फोकल पर्सन तोक्नलाई आग्रह गरिएको सिटौलाले बताए ।

नागरिक स्तरबाट भएको पहलपछि नागरिक जग्गा अधिग्रहणका लागि बजेट विनियोजन भएका कारण विमानस्थल स्तरोन्नति हुने आशा पलाएको पर्यटन व्यावसायी पुन्य भट्टराईले बताए । विमानस्थल स्तरोन्नतिका लागि गठित संघर्ष समितिका संयोजक समेत रहेका भट्टराईले चालु आर्थिक वर्षबाट विमानस्थल विस्तारको काम अघि बढ्ने आशा पलाएको बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes