लेटाङमा पारिवारीक मनमु्टाव पछि आफ्नै घरमा एक ब्यक्तिले आगोे लगाए - Pahilo Online

लेटाङमा पारिवारीक मनमु्टाव पछि आफ्नै घरमा एक ब्यक्तिले आगोे लगाए

writer

लेटाङ । आफ्नै घर र परालको कुन्यूमा आगोने लगाउ मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका २४ वर्षीय टेकबहादुर खपाङ्गी मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले मंगलबार राति साढे ८ बजे कुन्यू तथा बाँसको बेरा र टिनको छानो भएको एक तले घरमा आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । आगलागीबाट कुन्यू र घर तथा घर भित्र रहेका अन्नपात, लत्ताकपडा जलेर पूर्ण रुपमा नष्ट हुँदा दुई लाख बराबरको क्षति भएको छ ।

आगो दमकल, स्थानीय र प्रहरीको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगो लगाउने टेकबहादुरलाई भने पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालिएको डीएसपी खिँउजुले बताए। टेकबहादुरले भने घटना अस्वीकार गरेका छन् । उनले आफूले खोले पकाउने क्रममा लाइटर पार्दा आगो सल्किएको र आफूले जानाजान नलगाएको प्रहरीलाई बताएका छन् । तर बुवा रुदीलालले भने घरमा भएको मनमुटावपछि आगो लगाएको बताएपछि टेकबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes