धरान । आगामी पौष ५ गते धरानमा आयोजना हुने पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणको अहिले भब्य तयारी भैरहेको छ । यस प्रतियोगितामा सहभागी प्रतिस्प्रधीहरु मध्येको सबैभन्दा बढी फेसबुकमा लाइक पाउने प्रतिस्प्रधीले फेस अफ डिभाईन टाइटल सहित नगद रु १५ हजार पुरस्कार पाउनेछन् ।
मिस पुर्वान्चलको दसौ संस्करणको डिभाईन वाइन को उत्पादक श्री महाकाली वाइन प्रा लि । सह (प्रायोजक) रहेको छ। गत बर्ष उक्त टाइटल सबै भन्दा बढी लाईक पाएर प्रतियोगी आकृति आचार्य ले पाएकी थिइन । यो बर्ष मिस पुर्वान्चलको दसौ संस्करणमा धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशि बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु, रतुवामाई (इटहराबाट) बिपना तामांग, उर्लाबारीबाट मिलिमा श्रेष्ठ, इटहरीबाट गोमा बिस्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल । खोटांगबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई, रेजिना राई, र धनकुटा बाट रेश्मा राई र अन्जु बूढाथोकी प्रतिस्प्रधी रहेका छन् ।
सिल्भर इन्टर टेनमेन्टको आयोजक रहेको मिस पुर्वान्चल २०१९ को सबै प्रतिस्प्रधिहरू फिनालेको लागि प्रसिक्षणमा ब्यस्त छन् । यो बर्षको फेस अफ डिभाईनको टाइटल जित्न डिभाईन वाइनको अफिसियल फेसबुक पेज व्व्व मा रहेको प्रतियोगीको फोटो लाइक तथा शेयर गर्नुपर्नेहुन्छ ।