धरान । लागू औषध ओसारपसार गर्ने दुई युवालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले दुई दिनक अवधिमा धरानका दुई जनालाई लागू औषध सहित प्रक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार मंसिर २३ गते खैरो हिरोइन ८० मिलीग्रामसहित धरानको तीनकुने चेकपोष्टबाट संखुवासभा भोटखोला गाउपालिका वडा नंं १ का २८ बर्षीय सांङबु शेर्पा र मंसिर २४ गते धरान १९ का २४ बर्षीय सुरज राईलाई धरानको भानुचौकबाट नाइट्रोसन २० ट्यावलेट सहित प्रक्राउ गरेको हो । प्रक्राउ परेका दुवै जनालाई लागू औषध कारोबार ऐन अन्तर्गत मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेल बताउनुभयो ।