उदयपुर–खोटाङ जोड्न बेलिब्रिज निर्माण सुरु - Pahilo Online

उदयपुर–खोटाङ जोड्न बेलिब्रिज निर्माण सुरु

writer

उदयपुर । उदयपुरबाट खोटाङसम्म सडक यातायात जोड्नका लागि उदयपुरको फोक्सिङटारस्थित सुनकोसी नदीमा बेलिब्रिज लगाउने काम सुरु भएको छ। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आपटार जोड्ने सुनकोसी नदीमा बेलिब्रिज जडान गर्ने काम धमाधम सुरु भएको छ। बेलिब्रिजको काम सकेसम्म मंसिर महिनामै सकेर सर्वसाधारण मानिसहरुलाई यात्राका लागि सहज बनाइने गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए।

ज्ञवालीका अनुसार सगरमाथा राजमार्गअन्र्तगत गाईघाट–दिक्तेल सडक खण्डको १०१ किलोमिटर सडक कालोपत्रे गर्ने काम पनि धमाधम भैरहेको बताए। रेग्मी सुगम आदित्य निर्माण सेवाले ६० लाख रुपैयाँमा बेलिब्रिज जडान गर्ने ठेग्गा लिएको हो। बेलिब्रिजका आवश्यक सामानहरु फोक्सिङटारमा लगिएको र धमाधम काम सुरु भइसकेको सडक डिभिजन कार्यालय गाईघाटका सूचना अधिकारी निज्जन श्रेष्ठले बताए। बेलिब्रिज बनेपछि उदयपुर–खोटाङका हजारौं यात्रुहरुले यात्रा गर्नै र सर्वसाधारणहरुलाई सहज हुने स्थानीयय होटेल व्यवसायी कुमार कार्कीले बताएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes