बेलबारीमा स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु - Pahilo Online

बेलबारीमा स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु

writer

बेलबारी । मोरङको बेलवारी नगरपालिका ५ मा स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा बेलवारी नगरपालिक ५ रामपुर स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय प्रमोद साहको १ बर्षीय छोरा यस राज साहको मृत्यु भएको हो ।

निजकै ५ बर्षीय छोरालाई बिद्यालय पठाउनको लागि प्रमोद साहको श्रीमती शिव कुमारी साहले दुवै छोराहरुलाई संगै लिई गएको र सानो छोरालाई भुईमा राखी ठुलो छोरालाई बसमा चढाएको तथा बस गुड्ने क्रममा भुईमा रहेको नावालकलाई बसले किच्चा घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes