सवै प्रकारका हिंसाको अन्त्य गर्न मन्त्रालयबाट पहल हुने– मन्त्री कार्की - Pahilo Online

सवै प्रकारका हिंसाको अन्त्य गर्न मन्त्रालयबाट पहल हुने– मन्त्री कार्की

writer

पथरीशनिश्चरे । देश नम्वर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशमा हुने सवै प्रकारका हिंसाको अन्त्य गर्न मन्त्रालयबाट पहल हुने जनाउँदै त्यसमा समाजका सवै पक्षको एकतावद्ध साथ आवश्यक रहेको बताए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका, शरणार्थी सम्वन्धि राष्ट्संघीय उच्चयोग (यूएनएचसीआर) र लुथरन विश्व फेडेरेशन ( एलडब्लुएफ) द्धारा पथरी क्याम्पसमा आज आयोजित समापन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन्।

प्रमुख अतिथि मन्त्री कार्कीले मन्त्रालयले सवै प्रकारको हिंसा अन्त्य गर्न गर्ने पहलमा कुनै कसुर वाँकी नराखिने समेत जनाए। अन्तरराष्ट्यि मानव अधिकार दिवशको समेत सन्दर्भको सो कार्यक्रममा, यूएनएचसीआर दमक दमक सव अफिस प्रमुख खालिद फान्साले लैगिक हिंसा अन्त्य गर्दै मानव अधिकार स्थापना गर्नमा सवै लाग्नु पर्नेमा जोड दिए । उनले भूटानी शरणार्थीहरुसँगको समन्वय तथा रेखदेखमा सघाएको भन्दै पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलालाई सम्मानपत्रले सम्मानित गरे ।

पथरीशनिश्चरे नगर प्रमुख राई, उपप्रमुख वास्तोला, नेकपाका नेता डाक्टर देउमान सम्वाहाम्फे, महिला अगुवाहरु वसन्तकुमारी राई, चन्द्रकला चेम्जोङ सहितले लैंगिक हिंसामा पनि महिला हिंसा बढी रहेकाले सवै मिलेर त्यसखाले हिंसा अन्त्य गरेर मानवअधिकारमय समाज वनाउन आवश्यक रहेकोमा जोड दिए ।

अवसरमा, महिला र पुरुष दुवैखाले हिंसा भएको सन्देशमुलक कचहरी नाटक प्रस्तुत गर्नुका साथै विद्यालयस्तरीय कविता, म्यूजिकल चियर्स र हण्डिफोर प्रतियोगिता समेत सम्पन्न भएका छन् । वडा नम्वर १, २, ३, ७ र १० का विद्यालय, संघ संस्थाहरु सहभागि कार्यक्रममध्ये कविता प्रतियोगितामा खुलातर्फ वालकृष्ण अधिकारी प्रथम, प्रेमकला ढुंगाना द्धितीय तथा विद्यालयस्तरतर्फ रेडस्टार बोर्डिंगका त्रियुगा लिम्बू पुरस्कृत भएकी छिन् ।

म्यूजिकल चियर्सतर्फ एभरेष्ट बोर्डिङका एल्सन राई, कृतिका खनाल र लक्ष्मी पाठक क्रमशः प्रथम, द्वितीय र तृतीय वनेका छन् । हण्डिफोरतर्फ एभरेष्ट बोर्डिङकै दिपेश खनाल, सन्दिप राई र विशाल मोक्तान क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । नगरपालिकाको आयोजनामा यस अघि हसन्दह र शनिश्चरेमा यसै प्रकारका कार्यक्रम सम्पन्न भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes