लेटाङमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान विभिन्न कार्यक्रम गरि समापन - Pahilo Online

लेटाङमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान विभिन्न कार्यक्रम गरि समापन

writer

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम अन्तर्गत मंगलबार लेटाङ नगरपालिकामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, संघ सस्था लगायतहरुले प्ले कार्ड सहित नगर परिक्रमा गरेका थिए । हर्डन मोरङ, ओरेक नेपाल र लेटाङ नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नगरउपप्रमुख कृष्ण कुमारी पोखरेलले लैङ्गिक हिंसा अन्त्य गर्न हामी सबै एकजुट हुनु पर्नेमा जोड दिइन् ।

साथै पोखरेलले विशेष गरि महिला माथी हिंसाका घटना बढेको भन्दै जनचेतनामुलक कार्यक्रम अत्यन्तै आवश्यकता रहेको बताइन् । लेटाङ नगरपालिका परिसरमा सम्पन्न औपचारिक कार्यक्रम पश्चात् सडक नाटक समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा लैङ्गिक हिंसा अन्त्य साथै मानव अधिकार रक्षाका लागि सामूहिक प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर समेत गरिएको छ । यस वर्ष नेपालमा समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्दता भन्ने नाराका साथ यो दिवस मनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes