एडिबी ले चार नयाँ परियोजनाको लागि नेपालमा ४० अर्ब ८१ करोड ऋण लगानी गर्ने - Pahilo Online

एडिबी ले चार नयाँ परियोजनाको लागि नेपालमा ४० अर्ब ८१ करोड ऋण लगानी गर्ने

writer

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालमा नयाँ परियोजनाको लागि ऋण सहायता गर्ने भएको छ। ४ परियोजनाको लागि ४० अर्ब ८१ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गर्ने भएको छ। बैंकले नेपाल सरकारका अधिकारीहरुसँग ३५८ मिलियन डलर (मंगलबारको विनिमयदर अनुसार ४० अर्ब ८१ करोड) सहुलियतदरको ऋण सहयोग गर्ने समझदारी गरेको हो। ऋण सहयोगसम्बन्धी सम्झौतामा मंगलबार नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरेका छन्।

एडिबीले दिएको ऋण सहायतामध्ये मुग्लिङ–पोखरा सडकको स्तरोन्नति गर्न १९ करोड ५० लाख अमेरिकी डलर (२२ अर्ब २३ करोड रुपैयाँ), बागमती नदीको बाढी व्यवस्थापन तथा सुधारका लागि ६ करोड ३० लाख डलर (सात अर्ब १८ करोड डलर), साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५–५ करोड अमेरिकी डलर (५.७०–५.७० अर्ब रुपैयाँ) खर्च गरिनेछ। अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तरोन्नतिका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताए। यसमध्ये एडिबीको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने खनालले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes