इलाममा आगोलागीबाट २६ लाख बराबरको क्षती - Pahilo Online

इलाममा आगोलागीबाट २६ लाख बराबरको क्षती

writer

ईलाम । ईलामको सुर्योदय नगरपालिका ५ अन्तुडाँडा स्थितमा आगोलागी हुदा २६ लाख बराबरको क्षती भएको छ । आज बिहान पौने १० बजेको समयमा मानबिर तामाङको दुईतल्ले काठसिमेन्ट र टिनको छानोले बनाएको फ्याफुल्ला होमस्टेमा बिधुत सट भई अचानक आगोलागी हुदा उक्त मुल्य बराबरको क्षती भएको हो । आगोलागीबाट घर भित्र रहेको चार तोला सुनका गरगहना, नगद रुपैया पाँचलाख तथा सम्पुर्ण जिन्सी सामानहरु पुर्ण रुपमा जलि नष्ट भएको छ । आगोलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी सामालबुङको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान साढे १० बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes