७ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानमा आत्मरक्षा तालिम सम्पन्न - Pahilo Online

७ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानमा आत्मरक्षा तालिम सम्पन्न

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरका किशोरीहरुका लागि आत्मरक्षाको तालिम सम्पन्न भएको छ । नगरपालिकाको सहयोगमा केआइएफ कुरोदय मार्सल आर्टस् संघ मोरङमार्फत नगरका ७ विद्यालयका ७५ जना किशोरीका लागि एक साताको आत्मरक्षा सम्वन्धी आधारभूत तालिम सञ्चालन भएको हो ।

तालिम समापनका अवसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत किशोरीहरुको आत्मरक्षाका लागि यसखाले कार्यक्रम तय गरि महिलामाथि हुने हिंसालाई कम गर्ने उपाय निकालिएको बताएकी छिन् ।

कार्यक्रममा, संविधानसभा सदस्य चण्डीप्रसाद राई, केआइएफ कुरोदय मार्सल आर्टस् संघकी केन्द्रीय उपाध्यक्ष विद्या चाम्लिङ, संघका जिल्ला अध्यक्ष टीका भट्टराई र प्रशिक्षार्थी वविता राईले मन्तव्य व्यक्त गरेका थिए। कोही आफुमाथि आइलाग्दा कम शक्ति र सृजनशील विवेकबाट वच्न सकिने तालिमलाई प्रकाश वस्नेत, अशोक लिम्बू, लुना लिम्बू, युना राई र सन्तोष राईले सहजिकरण गरेका थिए । सो अवसरमा, तालिममा उत्कृष्ठ अस्मिता चौधरी र सुवाना लिम्बूलाई पुरस्कृत गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes