प्रदेश १ को छुट्टा छुट्टै ३ स्थानमा सवारी दुर्घटना ३ जनाको मृत्यु ३ जना घाईते - Pahilo Online

प्रदेश १ को छुट्टा छुट्टै ३ स्थानमा सवारी दुर्घटना ३ जनाको मृत्यु ३ जना घाईते

writer

मोरङ । शनिवार सुनसरी र झापाका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । शनिबार दिउँसो साढे १ बजेको समयमा सप्तरीबाट रामधुनी तर्फ जन्ती बोकेर आउदै गरेको ना ५ ख ४९८९ नम्बरको बसका सह चालक सप्तरीको सप्तकोशी नगरपालिका १ बस्ने बर्ष ४५ को सन्तोष गुप्ता बसमा काम गर्ने क्रममा लडेर घाईते भएपछी उपचारको लागी न्युरो अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा साँझ ६ बजेको समयमा मृत्यु भएको थियो ।

यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका १३ खनार स्थितमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा मोटारसाईकल चालकको मृत्यु भएको छ । शनिबार बेलुका पौने ८ बजेको समयमा सडकको साईडमा रोकेर ट्रक ड्राईभरले अगाडिको सिसा पुछिरहेको अवस्थामा ईटहरीबाट बिराटनगर तर्फ जादै गरेको को १४ प ६०२३ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक ईटहरी ११ खनार बस्ने वर्ष २५ को अशोक चौधरी गम्भिर घाईते भएका थिए भने ट्रक चालक सिन्धुली ६ बस्ने वर्ष ३१ को गंगा प्रसाद नेपाल समेत घाईते भएका थिए । घाईते दुबैजनालाई उपचारको लागी न्युरो अस्पताल विराटनगर लागिएकोमा उपचारको क्रममा राती साढे १० बजेको समयमा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी झापाको कन्काई नगरपालिका ७ बिरिङखोला पुल स्थित पूर्व पश्चिम राजमार्गमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । शनिबार राती साढे ९ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको मे १० प २९५४ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको मे ११ प २९२८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका ३ जनालाई नै उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मे११प २९२८ नम्बरको मोटरसाईकल चालक नितेश न्यौपानेको मृत्यु भएको हो । अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes