संखुवासभामा विष्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ - Pahilo Online

संखुवासभामा विष्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

writer

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका ४ जलजलाको पोख्राङ्गबाट विष्फोटक पदार्थसहित नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेको छन्। प्रहरीले चैनपुर नगरपालिका ५ का यामप्रसाद गौतमलाई पाँचखपन ८ जलजलाबाट पक्राउ गरेको जनाएको छ। विप्लव कार्यकर्ता गौतमलाई प्रहरीले पाँचखपन ८ बाट शुक्रबार पक्राउ गरेको संखुवासभा प्रहरीले जनाएको हो। प्रहरीले विप्लव कार्यकर्ता गौतमलाई बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम लामाले बताए।

प्रहरीले गौतमका साथ विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर १३ थान, नीओजेल लेखिएको लोला १५ थान, सेप्टी प्यूज ९.९५ मिटर, नन्इलेक्ट्रिक डेटोनेटर ११ थान, एकीकृत जनक्रान्ति लेखिएको किताब एक थान, विधान २०७३ लेखिएको थान एक थान, कालो डायरी एक थान, विभिन्न पुस्तकहरू, एक थान मोबाइल र दुई थान सिमकार्ड फेला परेको संखुवासभा प्रहरीले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes