खोटाङ । खोटाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका १० विजुलेमा को २ ह ८३४६ र प्र–२–०१–००१ ह ००६७ नम्बरको अटो दुर्घटना भएको स्थानीय छत्र पुरीले जानकारी दिए। शुक्रबार दिउँसो हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेको विजुलेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ अल्छेढुंगाका अन्दाजी २८ वर्षीय टंकबहादुर दाहालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए। प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब पौने तीनबजे नुनथलाबाट सर्भि्सिङ गरेर दित्तेल जाँदै गरेको अटो सडकमै पल्टिएको थियो। तीब्र गतिका कारण अटो पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ।