पाँचथरको कुरुम्बामा सुन्तला महोत्सव आयोजना - Pahilo Online

पाँचथरको कुरुम्बामा सुन्तला महोत्सव आयोजना

writer

पाँचथर । सुन्तलाको पकेट क्षेत्र मानिएको पाँचथरको मिक्लाजुङ गाउँपालिकाको कुरुम्बामा सुन्तला महोत्सव आयोजना गरिएको छ। सुन्तला उत्पादक किसानलाई व्यवसायीक बनाउनका लागि थप उत्साह प्रदान गर्न र सुन्तला खेतीमा आधुनिकीकरण भित्र्याउँदै सुन्तलाको व्यवसायिक प्रवर्द्धनमा टेवा र्पुयाउन महोत्सव आयोजना गरिएको आयोजक मिक्लाजुङ गाउँपालिका ५ ले जनाएको छ।

महोत्सवमा सुन्तलाका स्टलहरू राखिएका छन्। महोत्सवलाई १ नं. प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति सीता थेबे (प्रमिला) ले सम्बोधन गर्ने महोत्सव तीन दिनसम्म चल्नेछ। कुरुम्बामा व्यवसायिक रुपमै सुन्ताला खेती गर्ने झण्डै ६० घरपरिवार छन्। एकरदुई लाख रुपैयाँसम्म आम्दानी गर्ने किसान भने अधिक छन्। सडक सञ्जालले कुरुम्बालाई जोडेपछि त्यहाँ उत्पादित सुन्तलाको बजार तराई हुने गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes