गाईघाट दिक्तेल सडक खण्डको सगरमाथा राजमार्ग कालोपत्रे द्रुत गतिमा - Pahilo Online

गाईघाट दिक्तेल सडक खण्डको सगरमाथा राजमार्ग कालोपत्रे द्रुत गतिमा

writer

उदयपुर । जिल्लाको गाईघाट बजारस्थित सगरमाथा राजमार्ग अन्तर्गतको गाईघाट( दिक्तेल सडक खण्डमा कालोपत्रे गर्ने काम तीव्र गतिमा अगाडि बढेको छ। त्रियुगा नदीको पुलदेखि गाईघाट बजार मुख्य चोकसम्मको सडक कालोपत्रेको ८० प्रतिशत काम सम्पन्न भएको गाईघाट दिक्तेल सडक योजना शाखा प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए।

ज्ञवालीका अनुसार गाईघाट बजारभित्र पर्ने ९४० मिटर लम्बाई र २५ मिटर चौडाई रहेको सडकको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बहुवर्षे योजनाअन्तर्गत १० करोड बजेटबाट सडक स्तरोन्नतिको काम सुरु भएको हो। सूर्य कन्ट्रक्सनले २०७३ जेठमा ठेक्का लिएको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सोही वर्षको कात्तिक महिनाबाट सुरु गरेको थियो।

२ मिटर लम्बाइ २ मिटर उचाइसहित सडकको दुवै पट्टि नाली निर्माण गरिएको र २ मिटर ‘मिड स्ट्रिट’ सहितको सडक कालोपत्रेको काम द्रुत गतिमा भइरहेको सडक डिभिजन कार्यालय गाईघाटका सूचना अधिकारी निज्जन श्रेष्ठले बताए। हाल सडकमा रोलिङ गर्ने काम भइरहेकाले मंसिर महिनाभित्र कालोपत्रेको काम सकिने डिभिजन कार्यालयले जनाएको छ। सडक समयमै कालोपत्रे हुन नसक्दा दैनिक बजार क्षेत्रमा आवतजावत गर्न सकस हुने गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes