धनकुटामा अपांगता परिचयपत्र वितरण - Pahilo Online

धनकुटामा अपांगता परिचयपत्र वितरण

writer

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले एक सय ६ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । २८औँ अन्तर्रा्ष्ट्रिय अपांगता दिवसको अवसर पारेर गाउँपालिकाले विभिन्न किसिमका अपांगता परिचयपत्र वितरण गरेको हो ।

गाउँपालिकाभरका अपांगता भएकाहरूको अपांगताको प्रकार परीक्षण गरी उनीहरूलाई परिचयपत्र वितरण गरिएको थियो । पूर्ण अशक्त २१ जनालाई रातो, अतिअशक्त ३२ जनालाई नीलो, अशक्त ३२ जनालाई पहेँलो र साधारण अशक्त २१ जनालाई सेतो कार्ड वितरण गरिएको चौबिसे गाउँपालिका महिला शाखाकी गीता लिम्बूले जानकारी दिइन् ।

गाउँपालिकाले अपांगता दिवसको सन्दर्भ पारेर स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो । शिविरमा धनकुटा अस्पतालका मेडिकल अधिकृत डा. पूजन विश्वकर्माले स्वास्थ्य परीक्षण गरेका थिए । त्यस्तै, अपांगता दिवसको अवसरमा छथर जोरपाटी गाउँपालिकाले अपांगता भएकालाई जीवनसाथी रोज्ने उदाहरणीय तीन जोडीलाई सम्मान गरेको छ । गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले उनीहरूलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes