पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अवकासप्राप्त २ जना स्वास्थ्य स्वयमसेविकालाई नगद जनही १ लाख १५ हजार रुपैयाँ सहित सम्मानित गरेको छ । १६ औं महिला स्वास्थ्य स्वयमसेविका दिवशका अवसरमा बिहिबार नगरपालिकामा आयोजित कार्यक्रममा ६० वर्ष उमेर पुगेकी वडा नम्वर ३ की लालकुमारी तिम्सिना र रेणुका काफ्लेलाई जनही १ लाख १५ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मानित गरिएको हो ।
नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगद सहित सम्मानित गरेका हुन् । नगरपालिका कार्यालयको तर्फबाट ५० हजार, नेपाल सरकारबाट २० हजार, जिल्ला स्वास्थ्य कार्यालयबाट २० हजार, जिल्ला स्वास्थ्य स्वयमसेविका संघबाट २० हजार र नगर स्वास्थ्य स्वयमसेविका समूहबाट प्राप्त ५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
सो अवसरमा, महिला स्वयमसेविकाहरुबीच स्वास्थ्य सम्वन्धि हाजिरी जवाफ र म्यूजिकल चियर्स प्रतियोगिता समेत सम्पन्न भएको छ ।