चिर्पटले प्रहार गरी आफ्नै दाजुको हत्या - Pahilo Online

चिर्पटले प्रहार गरी आफ्नै दाजुको हत्या

writer

भोजपुर । भोजपुरको अरुण गाउँपालिका ६ धाउखानीका १८ बर्षीय डिक बहादुर राईलाई आफ्नै दाजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजु भाई विच सामान्य बिबाद हुँदा रिशको आवेगमा भाईले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका ४० बर्षीय सुवास राईको घर मै उपचारको क्रममा बुधवार दिउँसो १ बजे मृत्यु भएको थियो । घटनाबारे जानकारी पाए लगत्तै प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न राईलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes