झापाको चन्द्रगढी विमानस्थललाई अन्तराष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थल बनाइने - Pahilo Online

झापाको चन्द्रगढी विमानस्थललाई अन्तराष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थल बनाइने

writer

दमक । झापाको चन्द्रगढी विमानस्थललाई अन्तराष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने भएको छ । यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजनाअनुसार काम सुरु भएको समेत बताइएको छ । विमानस्थलको स्तरोन्नति र विकासका लागि कम्तीमा थप एक सय बिघा जमिन आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ ।

चन्द्रगढी विमानस्थलको स्तरोन्नतिका लागि भइरहेको काम र यसको गुरुयोजनाको विषयमा मङ्गलबार झापाको विर्तामोडमा छलफल भएको छ । गुरुयोजना सार्वजनिकसहितको छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस विमानस्थललाई सुविधा सम्पन्न बनाउन कुनै कसर नराखिने प्रतिबद्धता जनाए।

अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जनाउँदै उनले त्यसमा यो पनि परेको उनले जानकारी दिए। जग्गा अधिग्रहणलगायतका विषयमा भएका समस्या हल गरेर सबै यसमा लाग्नु पर्छ,े उनले भने । विमानस्थलको स्तरोन्नति र विकासले यस क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै यसको विरोध एवं असहयोग नगर्न उनको आग्रह थियो ।

मन्त्री भट्टराईले आगामी दस वर्षभित्रमा नेपालको नागरिक उड्डयन क्षेत्र विश्वस्तरीय बन्ने दाबी पनि गरे । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नति र विकासका लागि जग्गा व्यवस्थापन सबैभन्दा महत्वपूर्ण पाटो भएको बताए। उनले गुरुयोजनाअनुसार काम गर्न जग्गा अधिग्रहणको काम चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । झापा कारागार, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालयहरू रहेको स्थान विमानस्थलका लागि आवश्यक हुने उनले उनले बताए।

यसअघि नेपाली सेनाको ब्यारेकसमेत हटाउन बारम्बार प्रयास हुँदै आएको छ । केही सरकारी महìवपूर्ण संरचनाहरू अहिले विमानस्थल विस्तारका लागि बाधक बन्न सक्ने भएकाले यसको व्यवस्थापन गर्न आवश्यक छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes