प्रदेशस्तरीय अपांग पुनस्थापना केन्द्र बनाउन कलाकारको साथ - Pahilo Online

प्रदेशस्तरीय अपांग पुनस्थापना केन्द्र बनाउन कलाकारको साथ

writer

दमक । झापाको दमक–४ मा निर्माणको प्रकृयामा रहेको प्रदेशस्तरीय अपांग पुनर्स्थापना केन्द्र निर्माण गर्ने अभियानमा राष्ट्रिय ख्याती कमाएका कलाकारहरूले साथ दिएका छन्। केन्द्र स्थापनामा सहयोग र्पुयाउने उद्देश्यले दमकमा सम्पन्न दमक सांस्कृतिक साँझ कार्यक्रममा कलाकारहरूले साथ दिएका हुन्।

मंगलबार राति सम्पन्न कार्यक्रममा लोकप्रिय कलाकारहरू शम्भु राई, मनोज गजुरेल, अमृत खाती, राजा राजेन्द्र पोखरेल, उषा श्रेष्ठ, मीना निरौला, टंक बुढाथोकी, एआर बुढाथोकी, अशोक दर्जी, निलम ढुंगानालगायतले गीत, नृत्य, प्रहसनलगायतका प्रस्तुति राखेका थिए। कार्यक्रममा वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशी, बाल कलाकार रियाज रिजाललगायत अन्य कलाकारहरूको पनि उपस्थिति रहेको थियो भने अन्य कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

सोही कार्यक्रममा यूएनएचसीआर तथा आम्दा नेपालको तर्फबाट पुनर्स्थापनाका लागि १५ लाख रुपैयाँ बराबरका थेरापीका उपकरण हस्तान्तरण गरिएको थियो। स्थानीय तथा प्रदेश सरकारको सहयोगमा दमक–४ मा प्रदेश स्तरीय अपांग पुनर्स्थापना केन्द्र निर्माणाधीन छ। सोही पुनर्स्थापना निर्माणका बारेमा जानकारी दिने उद्देश्यले सांस्कृतिक कार्यक्रम गरिएको दमक अपांग सहयोग समितिका सचिव मदन बोहोराले जानकारी दिए। साँझ ढल्कदै गर्दा राष्ट्रिय ख्याती कमाएका कलाकारहरू स्टेशमा उक्लिए पछि सहभागीहरूलाई अवेर सम्म मन्त्रमुग्ध पारे।

शम्भु राईले आफ्ना लोकप्रिय गीतहरू ‘चलेछ बतास सुस्तरी’ देखि ‘आलुदम चना’ सम्म गाउँदा दर्शकले सँगै गाएर त कहिले नाचेर साथ दिए। यस्तै मीना निरौलाले ‘काले दाइ’ देखि ‘ठमेल बजार’ सम्म गाउँदा दर्शकले झ्याप्पै छोपेका थिए। दमककै अशोक दर्जीको प्रतिभा हेर्ने विशेष गरि बालबालिकाहरू अबेरसम्म पनि खुल्ला आकाश मुनि प्रतिक्षामा रहेका थिए। यस्तै मनोज गजुरेल तथा राजा राजेन्द्रले प्रहसनमार्फत दर्शकलाई पेट मिचिमिची हसाएका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes