हार्टनेपालको सहयागमा नगरका सामुदायिक कुकुरको वन्ध्याकरण सुरु - Pahilo Online

हार्टनेपालको सहयागमा नगरका सामुदायिक कुकुरको वन्ध्याकरण सुरु

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका सामुदायिक कुकुरहरुलाई वन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ । कुकुरहरुको वन्ध्याकरण अभियानमा लागि परेको हार्ट नेपाल काठमाडौंको प्राविधिक सहयोगमा पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले सडकमा रहेका सामुदायिक कुकुरहरुलाई आजबाट वन्ध्याकरण थालेको हो । मंगलबार पहिलो दिन ४० वटा कुकुरको वन्ध्याकरण भएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कार्यक्रमको उद्घाटन् गर्दै नगरलाई रेविज मुक्त बनाउन र कुकुरहरुको व्यवस्थापन गर्न यसखाले अभियान थालिएको बताइन् । पहिलो चरणको ३ दिने अभियानमा हार्ट नेपालका चन्द्र राईको नेतृत्वमा डाक्टरहरु विशाल चौधरी, रविन्द्र तिवारी र सुजन श्रेष्ठसहितको ११ जनाको प्राविधिक टोली खटिएको छ । प्राविधिक टोलीले बजार तथा गाउँमा छाडा रुपमा रहेको कुकुरहरुलाई ३ वटा बोलेरोमा संकलन गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes