पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार स्थापित गराउन सम्वन्धित पक्षले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नगरपालिका कार्यालयको सहयोगमा अपाङ्गता नगर समन्वय समिति पथरी शनिश्चरेले २८ औं अन्तरराष्ट्यि अपाङ्गता दिवशका अवसरमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागिले त्यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा, राष्ट्यि अपाङ्ग महासंघ प्रदेश नम्वर १ की अध्यक्ष पार्वता श्रेष्ठ, प्रदेश महासंघका कार्यकारी अधिकृत विमल वस्नेत, कार्यक्रमका सहभागि तुलसी वस्नेत, तिलबहादुर पाण्डे सहितले अपाङ्गता भएका व्यक्तिहरुको. चौतर्फी अधिकार कार्यान्वयनमा समस्या भएको बताए।
उनीहरुले, अपाङ्गतामैत्री कार्यालय तथा शौचालय नभएको, सार्वजनिक यातायातमा भाडामा छुट दिने नगरेको, समाजले हेंला गर्ने गरेको गुनासा राखे । साथै अपाङ्गता भएकाहरुलाई रोजगारीमा अवसर कम प्राप्त भएको, विशेष शिक्षा आवश्यक रहेको तथा प्रत्येक वडामा अपाङ्गता सम्वन्धी बजेट एवम् कार्यक्रम तय गरिनु पर्ने समेत धारणा राख्नु भयो । आयोजक समिति अध्यक्ष राजेन्द्र दहाल, सचिव विद्या लुइटेलले अपाङ्गता भोग्नेहरुको दिगो विकासमा जोड दिइन्।
‘दिगो विकासको लक्ष्य ः अपाङ्गमैत्री भविष्य’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा तथा अधिकार पूर्ण रुपले प्रदान गरिने बताइन् । सामाजिक विकास समिति अध्यक्ष कपिलमणि ढकालले पनि मन्तव्य व्यक्त गरे ।