बेलबारीमा न्यायिक समितिमा उजुरीको धेरै परेपछि किनारा लगाउन भ्याई नभ्याई - Pahilo Online

बेलबारीमा न्यायिक समितिमा उजुरीको धेरै परेपछि किनारा लगाउन भ्याई नभ्याई

writer

बेलबारी । बेलबारी नगरपालिकाको न्यायिक समितिमा मुद्दा धेरैपरेपछि किनारा लगाउन भ्याईनभ्याई भएको छ । पछिल्लो समय उजुरीको संख्या अत्याधिक बढेपछि न्यायीक निरुपणमा समस्या देखिएको हो । मुद्दाको चाप बढ्दै जाँदा त्यसलाई ध्यानमा राखेर न्यायिक समितिले हरेक दिन न्यायिक काम तथा छलफल एवम् मेलमिलापको कार्य गर्दै आएको न्यायीक समितिकी संयोजक एवम् वेलवारी नगरपालिकाकी उप प्रमुख ढाका कुमारी पराजुली बताउँछिन् ।

सोमबार मात्र बेलबारी नगरपालिकाको न्यायिक समितिमा १० वटा उजुरीहरु दर्ता भएका छन् । एकै दिनमा १० वटा उजुरी न्यायिक इजलासमा दर्ता भएको यो पहिलो पटक हो । यसरी दर्ता हुन आएका उजुरीहरुमा हिंसा र विवाद वृद्धि हुनु मात्र नभई स्थानीयवासीहरुमा स्थानीय न्यायिक समिती प्रतिको विश्वास पनि बढ्दै जानु रहेको संयोजक पराजुली बताउँछिन् ।

उजुरीको अत्याधिक चापसंगै न्यायीक समितिले ज्येष्ठ नागरिक,अशक्त बालबालिका एवम् हिंसा परेका महिलासँग सम्बन्धित विवादहरुलाई प्राथमिकतामा राखेर मुद्दालाई किनारा लगाउने गरेको न्यायीक समितिकी संयोजक पराजुली बताउँछिन् । बेलवारी नगरपालिकामा मात्र गत असार मसान्त सम्म मात्र करिब ५ सय मुद्दा दर्ता भएकोमा यो चालु आर्थिक बर्षको मंसिर १६ गतेसम्म १९३ वटा मुद्दा दर्ता भएको न्यायीक समितिका संयोजक पराजुलीले बताईन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes