सनम रोक्का
पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका १ मा स्थापित पथरी बहुमुखी क्याम्पसका नवआगन्तुक प्रथम बर्षका बिद्यार्थीहरुलाई क्याम्पस परिवार र स्वतन्त्र विद्यार्थी युनियनले सयुक्तरुपमा स्वागत तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। नवआगन्तुक विद्यार्थीहरुलाई प्रमुख अतिथी प्रदेश न १ का माननीय सासद शेखर चन्द्र थापा, क्याम्पस प्रमुख चेतन पौडेल, स्ववियु अध्यक्ष गोपल कुमार सावाँ, विशिष्ट अतिथी नगरप्रमुख दिलिपकुमार राई लगायतले अबिर र खदा लगाइ स्वागत गरेका थिए।
कार्यक्रममा क्याम्पस प्रमुख चेतन पौडेल, नगरप्रमुख दिलिपकुमार राई साथै प्रदेश सासद शेखरचन्द्र थापाले मन्तव्य राखेका थिए। मन्तव्यको क्रममा क्याम्पस प्रमुखले क्याम्पसको प्रबिधीयुक्त शिक्षाको बारेमा र बिद्यार्थीहरुको आगामी दिनका उज्वल भविष्यको समेत शुभकामना दिएका थिए । नगरप्रमुख दिलिपकुमार राईले नव बिद्यार्थीलाई स्वागत गर्दै क्याम्पसको भविष्य र बर्तमानका कुराहरुको बारेमा ब्याख्या गरेका थिए त्यस्तै प्रदेश १ सासद शेखरचन्द्र थापाले आफ्नो ब्यक्तिगत जिवनको सघर्ष साथै विद्यार्थीले सफलहुनको लागि गर्नुपर्ने काम र कर्तव्यहरुको बारेमा बताए थिए। औपचारिक कार्यक्रमको संचालन स्ववियु सचीव रोशन पराजुलीले गरेका थिए।
सास्कृतिक कार्यक्रमको संचालन विद्यार्थी एलिना दियालीले गरेको थिईन जसमा सांगीतिक प्रस्तुती गायन,नृत्य, गजल, कविता हास्यव्यङ्य प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्तयमा स्वबियु अध्यक्षले बिद्यार्थीको हकहित को लागि सधै लागिपर्ने र स्वबियुले आगामी दिनमा गर्ने कामकारबाही जानकारी गराउदै कार्यक्रमको समापन गरेका थिए। कार्यक्रमको समापन संगसगै सबै बर्षका बिद्यार्थीहरुले सयुक्त नृत्य प्रस्तुत गरेका थिए।