धरानमा कम्युनिष्टको लालकिल्ला भत्काउदै कांग्रेसका तिलक राई विजयी - Pahilo Online

धरानमा कम्युनिष्टको लालकिल्ला भत्काउदै कांग्रेसका तिलक राई विजयी

वडा नं ७ मा नेपाली कांग्रेसका उम्मेदवार १ मतले पराजित

writer

सुनसरी । कम्युनिष्टको लालकिल्ला भनेर चिनिने धरानको प्रमुख पदमा नेपाली काङ्ग्रेसका तिलक राइले ऐतिहासिक जित दर्ता गरेका छन्। २०४६ सालपछाडि भएका जस्तोसुकै चुनावमा बामपन्थीले जित्दै आएको धरानमा योपटक भने प्रमुख पदमा काङ्ग्रेसले ऐतिहासिक बाजी मारेको हो। मेयर पदमा निर्वा्चित भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका हुन्।

९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९.४९ प्रतिशत मत खसेको थियो। मेयरमा निर्वा्चित तिलक राई २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए। अघिल्लो चुनावमा १६ हजार १ सय २ मत पाएका तिलकले यो पटक भने बढी मत पाएका हुन्। मतगणना भएको सुरुवाती चरणमा मात्र झिनो मतले लिड गरेका प्रकाश राई त्यसपछि निरन्तर तिलक राईको पछि नै परेका थिए।

वडा नं ७ मा नेपाली कांग्रेसका उम्मेदवार १ मतले पराजित

त्यसैगरी वडा नम्बर ७ को वडाध्यक्ष पदमा नेकपाका उम्मेदवार जीवनराज सुवेदीले विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार सुवर्णमोहन पालिखेलाई १ मतले पराजित गरे । सुवेदी ६२२ मत ल्याउँदा कांग्रेसले ६२१ मत पायो। त्यहाँ स्थानीय तहको निर्वाचनमा नेकपाबाट भुपेन्द्रकुमार मोक्तानले जितेका थिए। उनको निधन भएपछि उपनिर्वाचन भएको हो। एक मतले नेकपाले जितेपछि काङ्ग्रेसले विवाद सुरु गरेको छ। काङ्ग्रेसले फेरि गणना गर्नका लागि निवेदन दिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes