शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले आफ्नो २५ औं स्थापना दिवसको अबसर पारेर साता ब्यापी कार्यक्रम आयोजना गरि रजत महोत्सव मनाएको छ ।
गत मङ्सिर ६ गते देखि शुरूवात भएको महोत्सव १२ गते नगर प्रमुख दिलिप कुमार राइले राष्ट्रिय झण्डा फहराइ नबनिर्मित क्लब भवन उद्घाटन गर्नुभएको छ । राई जातिको चण्डी नाच, उराउ जातिको उराउ नाच, नौमती बाजा लगाएतका जातिय पहिचान सहितको नृत्य प्रस्तुत भएको कार्यक्रममा इमेज अवार्ड प्राप्त गायक समीर बि।क।, गायक नन्दु गुरुङ लगाएत स्थानिय कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो ।
कार्यक्रममा अतिथिहरु लाई अन्यत्र चलन रहेको खादा, ब्याज लगाएतको स्वागत सम्मानका सामाग्री खरिद गर्ने रकमले आज निम्न बर्गका ६ परिवार लाई १र१ बोरा चामल र १र१ पोका तेल घर घर गएर बितरण गरि नया परम्पराको सुरुवात गरेको क्लबका अध्यक्ष नवीन जङ कार्कीले जानकारी दिए ।
सामाग्री पाउने सबै पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ निवासी छन । जस अन्तरगत मंगलबारे निवासी सय बर्षिय शन्तमाया रुम्बा, सोमबारे निवासी अपाङ्ग राजन भुजेल, मिलन चोक निवासी महाप्रसाद पोख्रेल, सोमबारे ९माझी टोल० निवासी पहाडे माझी, सोमबारे निवासी वीर बहादुर भुजेल र राइडाडा निवासी मङ्सिरि राई रहेका छन ।
क्लबले आफ्नो २४ औं बार्षिकोत्सबमा पनि निम्न बर्गका परिवारलाई खाद्यान्न हस्तान्तरण गरेको थियो ।