शिवकला राई खोटाङकै पहिलो महिला वडाध्यक्ष बनिन् - Pahilo Online

शिवकला राई खोटाङकै पहिलो महिला वडाध्यक्ष बनिन्

writer

खोटाङ । शनिबार सम्पन्न भएको उपनिर्वाचनबाट साकेला गाउँपालिका ३ खिदिमाको वडाध्यक्षमा निर्वा्चित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की शिवकला पहिलो महिला वडाध्यक्ष बनेकी हुन्। शिवकला राई खोटाङकै पहिलो महिला वडाध्यक्ष बनेकी छिन्। नेकपाकी राईले नेपाली कांग्रेसका उम्मेदवार शुक्र तामाङलाई पराजित गर्दै वडाध्यक्षमा निर्वा्चित भएकी हुन्। कुल खसेको ७ सय ९८ मतमध्ये राईले ३९१ मत प्राप्त गरिन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तामाङले ३ सय ७४ मत प्राप्त गरे। शनिबार अबेर राति सम्पन्न मतगणनाअनुसार समाजवादीका रमेश राईले १५ मत र राप्रपाका इन्द्रबहादुर खड्काले १ मत मात्र पाएका मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख एवं जिल्ला न्यायाधिस मातृकाप्रसाद आचार्यले बताए। उनका अनुसार निर्वाचनमा १७ मत बदर भएको छ। तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वा्चित मणिकुमार राईको निमोनियका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त स्थानमा वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो। विजयी शिवकला उनै मणिकुमारकी श्रीमती हुन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes