संखुवासभाको मकालु गाउँपालिकामा नेकपाका तेजबहादुर पोख्रेल विजयी - Pahilo Online

संखुवासभाको मकालु गाउँपालिकामा नेकपाका तेजबहादुर पोख्रेल विजयी

writer

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका छन्। उनले ३ हजार ०१८ मत ल्याएर विजयी भएका छन्। नेकपाका पोख्रेलले ८०२ मतको अन्तरले विजयी भएका हुन्। त्यस्तै, नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २१६ मत मात्र ल्याएका थिए। ९ हजार १ मत रहेको मकालुमा ५ हजार ७ सय ७४ मत खसेको थियो। मकालु गाउँपालिका अध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका थिए। अध्यक्ष पदको तेस्रो पार्टी संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले ३ सय ३२ मत प्राप्त गरेका छन्।

नेकपाका विजयी उम्मेदवार तेजबहादुर शिक्षक पेसाबाट अवकास लिएर राजनीतिक क्षेत्रमा आएका हुन्। मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको जिप दुर्घटनामा परेर २०७४ पुस ३० गते मृत्यु भएको थियो। उनी तत्कालीन एमालेबाट निर्वा्चित भएका थिए। गाउँपालिका अध्यक्ष पदका लागि सत्तारूढ दल नेकपाका तर्फबाट तेजबहादुर पोख्रेल, कांग्रेसबाट विमन पराजुली, संघीय समाजवादी नेपालबाट नर्बु शेर्पा, राप्रपा नेपालबाट मेघनाथ राई, राप्रपा संयुक्तबाट मनबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई र संघीय लोकतान्त्रीक मञ्चबाट कविता राईले प्रतिस्पर्दा गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes