धरानमा ५९ प्रतिशत मत खस्यो, साँझ ५ बजेसम्म मतदान - Pahilo Online

धरानमा ५९ प्रतिशत मत खस्यो, साँझ ५ बजेसम्म मतदान

writer

सुनसरी । धरान उपमहानगरपालिकामा प्रमुख र वडा ७ को वडाध्यक्षकालागि भएको उपनिर्वाचनमा शनिबार ५९ प्रतिशत मतदान भएको छ । साँझ ५ बजेसम्म मतदान भएको धरानका २८ मतदान स्थलका ९९ मतदान केन्द्रमा यसअघिको स्थानीय तहको चुनावमा खसेकै हाराहारीमा मत खसेको हो ।

०७४ को स्थानीय तहको निर्वाचनमा ६७ दशमलव ८७ प्रतिशत मत खसेको थियो । त्यसबेला ७९ हजार २ सय ९० मतदाता संख्या थियो । यसपटक बढेको १३ हजार मत सहित ९२ हजार ८ सय ५३ मतदाता रहेकोमा ५९ प्रतिशत मत खसेको निर्वाचने अधिकृतको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी धरान १४ को विजयपुरस्थित पञ्चायत माविको मतदान स्थलमा ६७ प्रतिशत मत खसेको थियो भने सवै भन्दा कम धरान–८ भोटेपुलस्थित ल्यावरोटरी मावि मतदान स्थलमा ५० प्रतिशत मत खसेको थियो । खसेको मतको प्रतिशतअनुसार यसपटक धरानका ५४ हजार ७ सय मतको खसेको देखिन्छ । यसअघिको स्थानीय तहको निर्वाचनमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।

मतदातासंख्या बढेको तुलनामा मत कमै खसेको छ । ०७४ मा खसेको भन्दा ९ सय ७१ मत बढी मत यसपटकको उपनिर्वाचनमा खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले धरानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताए । मतदान केन्द्रबाट मतपेटिकाहरु धरान–१५ को पुस्पलालस्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेकाले मतगणनाका लागि सर्वदलीय बैठक बसेर निर्णय गर्ने तयारी भएको छ ।

बेलुका ८ बजे सर्वदलीय बैठकले गरेको निर्णयअनुसार मतगणना गरिने मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए । मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ । मतगणनास्थलमा २ वटा सीसीटिभीको निगरानीमा मतगणना गरिने र गणक र उम्मेदवारका प्रतिनिधिहरुबीचमा जालीदार घेराबारा समेत राखिएको छ ।

०७४ मा सम्पन्न चितवनको भरतपुरमा मतगणना हुँदाहुँदै दलका प्रतिनिधिहरुले मतपत्र च्यातेकाले मतपत्रको सुरक्षाको लागि तारको घेराबारा गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes