संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पदका लागि भएको निर्वाचनमा ६४ दशमलव १५ प्रतिशत मत खसेको छ ।
खाँदबारी नगरपालिका ३ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको छ। मकालु गाउँपालिका १० र खाँदाबारी ३ मतदान स्थलमा शान्ति पूर्ण र उत्साहका साथ मतदान भएको थियो।
मकालु गाउँपालिकामा ९ हजार १ मतदाता रहेका छन् भने खाँदबारी नगरपालिका–३ मा १ हजार ८ सय ३० मतदाता छन्। मकालुमा ७ वटा दल चुनावी मैदानमा छ भने खाँदबारी ३ को वडाध्यक्षमा नेकपा र कांग्रेसको मात्र उमेदवारी छ।