साझेदारीमा विभिन्न आयोजना सम्पन्न गर्ने गरी लगानी सम्मेलन वैशाखमा आयोजना हुने - Pahilo Online

साझेदारीमा विभिन्न आयोजना सम्पन्न गर्ने गरी लगानी सम्मेलन वैशाखमा आयोजना हुने

writer

विराटनगर । स्वदेशी तथा विदेशी लगानीकर्तासंग साझेदारीमा विभिन्न आयोजना सम्पन्न गर्ने गरी प्रदेश १ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणको बिहीबार बसेको बैठकले सरकारलाई उक्त समय प्रस्ताव गरेको हो ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बिहिबार बसेको प्राधिकरणको बैठकले सो निर्णय गरेको हो । बैशाखको कुन दिन सम्मेलन गर्ने निर्णय भने प्रदेश मन्त्री परिषद्को बैठकले गर्ने छ । यसअघि २६ वटा आयोजना छनोट गर्दै त्यसको अनुमतिका लागि प्रदेश सरकारले प्रधानमन्त्री कार्यालयमा पठाएको थियो । प्रधानमन्त्री कार्यालयले आयोजना सञ्चालनको स्रोत र मोडलबारे प्रश्न गरेपछि प्राधिकरणको बैठकले स्वदेशी तथा विदेशी लगानीकर्तासँग साझेदारी गर्दै आयोजना सञ्चालन गर्ने गरी सम्मेलन गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले बताए । स्थानीय तहसँगको समन्वयमा एक सयभन्दा बढी आयोजनाहरू लिएर लगानी सम्मेलन गरिने उनले जानकारी दिए ।

प्रदेश लगानी सम्मेलनका लागि हालसम्म प्रदेश सरकारले २६ वटा महत्वपुर्ण परियोजनाहरू छनोट गरेको छ । छनोट भएका उक्त आयोजनामध्ये केहि आयोजनाहरूमा लगानीगर्न स्वदेशी लगानीकर्ताहरू लगानीका लागि आइसकेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले बताए । प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको तमोर–मेवा हाइड्रोपावर, क्षेत्रीय अन्तराष्ट्रि विराटनगर विमानस्थल, सगरमाथा बेसक्याम्पसम्म फस्ट ट्राक निर्माण, एक जिल्ला एक औद्योगिक क्षेत्र निर्माण, भूमिगत तार व्यवस्थापन, रुम्जाटार स्मार्ट सिटी विकासलगायतका आयोजनामा लगानीका लागि इच्छा देखाएर आइसकेका उनले बताए । सगरमाथा बेसक्याम्पसम्म फस्ट ट्राकमा केवलकार, टनेल, ब्रिज लगायत ठाउँठाउँमा होटल, रिसोर्ट र स्की रिसोर्टहरू निर्माण गरिने रेग्मीले बताए । सरकारले लफल गरेर इच्छुक लगानीकर्ताहरूलाई छनोट गरिएका आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गर्ने चाँडै अनुमति दिने उनले जानकारी दिए ।

यससंगै प्रदेश सरकारले दूधकुण्ड–नाम्जे–चौरीखर्क जोडने सगरमाथा केवलकार, जल परिवहनको सञ्चालन र पार्कलगायतका कार्यमा सहज हुने कोशी रिभर पोर्ट निर्माणलागि लगानी आहृवान गरिने जनाएको छ ।

इटहरीमा अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने, विराटनगरमा मास ट्रान्सपोटेसन परियोजना सञ्चालन गर्ने योजना पनि सूचिकृत गरिएको छ । यसैगरी ओखलढुंगाको रुम्जाटार र सुनसरीको इटहरीमा शहरी योजना, स्मार्ट बसपार्क, ढल व्यवस्थापन, फोहोर व्यवस्थापन, वाईफाई जोन र विद्युत्तीय सेवाको काम गर्ने गरी एउटा परियोजना अघि सारिएको छ । सरकारले विशेष कानून नै निर्माण गरेर अघि बढाएको बृहत् विराट क्षेत्रलाई समेटने गरी रिङरोडको परियोजना पनि अघि सारेको छ । सुनसरीको अमडुवामा औद्योगिक पार्क, अर्र्गािनक मल कारखाना, जडिबुटी कम्पनी स्थापना, कृषि सामाग्री कारखाना स्थापनाकालागि परियोजना अघि सारिएको छ । पर्यटनसंग सम्बन्धीत तालतलैया थिमपार्क, कञ्चनजंघा–सगरमाथा हिमाली पदमार्ग, मुन्धुम पदमार्ग (भोजपुर–संखुवासभा), पथरी संग्रहालय, मधुमल्ला मिक्लाजुङ केवलकार, धरान भेडेटार नाम्जे चौरीखर्क केवलकार निर्माणका परियोजनाहरू लगानी सम्मेलनमा प्रस्तुत हुनेछन् ।

प्रदेश सरकारले चतरा तुम्लिङटार र चतरा दोलालघाट जलमार्ग, धरान मूलघाट सुरुङमार्ग, केचना सगरमाथा फास्ट ट्र्याक मेघा सोलार इनर्जी प्रोडक्सन र हिमालयन टंकलाइन खानेपानी आयोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गर्ने तयारी प्रदेश सरकारले गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes