मेची अञ्चल अस्पतालमा चिकित्सक अभाव हुदाँ उपचार सेवा पाउनै मुस्किल - Pahilo Online

मेची अञ्चल अस्पतालमा चिकित्सक अभाव हुदाँ उपचार सेवा पाउनै मुस्किल

writer

बिर्तामोड । मेची अञ्चल अस्पतालमा दरबन्दीका आधा डाक्टर पनि नहुँदा बिरामीलाई उपचार सेवा पाउनै मुस्किल भएको छ । उनीहरू घण्टौं लाइन बसेपछि मात्र डाक्टर भेट्न पाउँछन ।

अञ्चल अस्पतालमा दैनिक ५ सयभन्दा बढी बिरामी आउने गरेका छन् । २८ जना डाक्टरको दरबन्दी रहेकोमा अहिले १३ जनाले मात्र सेवा दिइरहेको अस्पतालका रेकर्ड अधिकृत मनोजकुमार पोखरेलले जानकारी दिए । ६ जना मेडिकल अफिसरको दरबन्दीमा एक जना मात्र कार्यरत छन् । २१ जना कन्सल्टेन्ट हुनुपर्नेमा ११ जनाले सेवा दिइरहेको पोखरेलले बताए । अस्पतालमा एनेस्थेसियोलोजिस्ट, नाक, कान, घाँटीका र साइकेटिक डाक्टर छैनन् । बालरोगका ३ जना डाक्टर हुनुपर्नेमा एक जना तथा स्त्रीरोग विशेषज्ञ ३ जना हुनुपर्नेमा २ जनाले काम चलाइरहेको पोखरेलको भनाइ छ । अस्पतालमा चार वर्षदेखि इएनटी सर्जन छैनन् । साइकेटिक, प्याथोलोजिस्ट र इमरजेन्सी इन्चार्ज दरबन्दीअनुसार अहिलेसम्म नआएको पोखरेलले जानकारी दिए । सधैं डाक्टरको अभाव झेलिरहेको अञ्चल अस्पताल रेफर सेन्टर मात्र बनेको जिल्लाबासीको गुनासो छ ।

अस्पतालले ५० शय्याको स्वीकृति पाएकोमा अहिले १३४ शय्याको सेवा प्रदान गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले बताए । ०५० सालमा सरकारले स्वास्थ्यकर्मी र कर्मचारी गरी १०३ जनाको दरबन्दी कायम गरेको थियो । अहिले बेड संख्या झण्डै तेब्बर बढी भएकोमा ५० शय्याकै दरबन्दीअनुसारका डाक्टर समेत नहुँदा जनतालाई गुणस्तरिय सेवा प्रदान गर्न गाह्रो भइरहेको मेसु ठाकुरले बताए । डाक्टर र भौतिक संरचना अभावमा आइसीयू तीन शय्याबाट बढाउन सकिएको छैन । साविकको मेची अञ्चलको ठूलो सरकारी अस्पताल भएपनि सीटीस्क्यान, एनआईसीयूलगायत सेवा समेत दिन नसकिएको ठाकुरले बताए ।

अस्पतालमा स्टाफ नर्स, फार्मेसी सहायक, ल्याब असिष्टेन्ट, अनमी, अहेव, सवारी चालक, कार्यालय सहयोगी, खरिदारलगायतका स्वास्थ्यकर्मी तथा कर्मचारीको पनि अभाव छ । स्वास्थ्यकर्मी र कर्मचारी गरी १०३ जनाको दरबन्दी रहेकोमा ५७ जना मात्र उपलब्ध छन्। विरामीको चापअनुसार सेवा प्रदान गर्न थप ८२ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई करारमा राखिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । ‘अस्पतालले झेलिरहेको डाक्टर तथा उपकरण अभाव अन्त्य गर्न प्रदेश सरकारसँग निरन्तर छलफल गरिरहेकोले सरकारले चाडै यी समस्याको पूर्ति गरिदिने छ । उनले भने चाडै यो अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने तयारीमा रहेको छ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes