बलात्कारको आरोप लागेका ’सिद्धबाबा’ प्रहरी हिरासतमा - Pahilo Online

बलात्कारको आरोप लागेका ’सिद्धबाबा’ प्रहरी हिरासतमा

writer

सुनसरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट हराएका भनिएका उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीमा राखिएको छ। बलात्कार आरोप लागेसँगै आश्रमबाट बाहिरएका उनलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।

गिरीलाई जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले समातेको हो। एक प्रहरी अधिकारीका अनुसार गिरीलाई पत्रकारसामू सार्वजनिक गर्ने तयारी गरिएको छ। गिरीमाथि कात्तिक ४ गते अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ। महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी हुन्। शुत्रबार बिहानैदेखि आश्रम छोडेर उपचार गर्न भन्दै विराटनगर हिँडेका उनी प्रहरी हिरासतमा पुगेका हुन्।

बलात्कारसम्बन्धी जाहेरी जिल्लाले लिन नमानेपछि पीडित पक्ष केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)मा पुगेको थियो। जाहेरीपछि सिआइबीको टोली जिल्ला प्रहरी कार्यालय सुनसरी आएको थियो। सिआइबीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरेर जाहेरी सुनसरी पठाएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए। ‘काठमाडौंबाट त्यससम्बन्धी बुधबार जाहेरी आएको छ,’ एसपी पोखरेलले भने, ‘घटना भएको हो वा होइन, हामी अनुसन्धानकै क्रममा छौँ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes