संखुवासभामा विद्युत् सर्ट भई आगलागीबाट १५ लाख बढीको क्षति - Pahilo Online

संखुवासभामा विद्युत् सर्ट भई आगलागीबाट १५ लाख बढीको क्षति

writer

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका ३ मा विद्युत् सर्ट भएर आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ। विद्युत सर्ट भएर आगलागी हुँदा सभापोखरी २ ज्यामिरेका ध्वजवीर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए।

बिहीबार दिउँसो १२ बजे विद्युत सर्ट भएर आगलागी हुँदा राईको घर जलेर नस्ट भएको हो। आगलागीबाट नगद तीन लाख, ५ तोला सुनका गरगहना, ल्यापटप, साउण्ड सिस्टम, अन्नपात, भाडाबर्तन जलेर नष्ट भएको संखुवासभा प्रहरीले जनाएको छ। १२ बजे लागेको आगो ३ बजे स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes