चैनपुर नगरपालिका–२ का वडाध्यक्ष काजी शेर्पाको निधन - Pahilo Online

चैनपुर नगरपालिका–२ का वडाध्यक्ष काजी शेर्पाको निधन

writer

संखुवासभा । चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ। नगर प्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो। क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिनाअघिदेखि उपचार गराइरहेका थिए। २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष भएका थिए। उनी तत्कालिन नेकपा एमालेबाट विजयी भएका हुन्। उनीको मयुममा नै शुक्रबार दिउँसो अन्त्येष्टि गरिएको नगर प्रमुख खत्रीले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles