प्रदेश १ मा यो बर्ष धान उत्पपादनमा ५ प्रतिशतले गिरावट - Pahilo Online

प्रदेश १ मा यो बर्ष धान उत्पपादनमा ५ प्रतिशतले गिरावट

writer

विराटनगर । प्रदेश १ मा यो वर्ष धानको उत्पादन अघिल्लो वर्षको तुलनामा प्रदेश १ मा ५ दशमलव २५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो । प्रदेश अन्तरगत पर्ने १४ जिल्लाको ९३ प्रतिशत धान उत्पादनयोग्य जमिनमा धान खेती गरिएको थियो । प्रदेश १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेति गर्न सकिने भएपनि यो वर्ष ३ लाख २० हजार १ सय ३४ हेक्टरमा खेति गरिएको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ ।

यो वर्ष प्रदेश १ मा ११ लाख ९८ हजार ७ सय ४० मेट्रिक टन धान उत्पादन भएको अनुमानित विवरण निर्देशनालयले सार्वजनिक गरेको छ । किसानहरुले अझै धान काट्ने र दाउनी गर्न बाँकी रहेकोले अन्तिम विवरण आउन केही समय पर्खनु पर्ने निर्देशनालयका सूचना अधिकृत प्रकाशकुमार डाँगीले जानकारी दिए । निर्देशनालयका अनुसार अघिल्लो वर्ष भन्दा ६२ हजार ९ सय २५ मेट्रिक टन कम उत्पादन भएको हो । अघिल्लो वर्ष प्रदेश १ मा १२ लाख ६१ हजार ६ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

चालु आर्थिक वर्ष सोलुखुम्बुमा धान खेति योग्य शतप्रतिशत जमिनमा धान खेति गरिएको थियो । यस्तै झापामा धानको उत्पादकत्वपनि सबै भन्दा राम्रो छ । झापामा यो वर्ष प्रतिहेक्टर ४ दशमलव ५० मेट्रिक टनको दरले धान फलेको निर्देशनालयले जनाएको छ । धान उत्पादनमा महत्वपूर्ण योगदान दिने झापा, मोरङ र सुनसरी मध्ये यो वर्ष मोरङ र सुनसरीको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव १० मेट्रिक टन रहेको छ । पहाडी जिल्लाहरुमध्ये धानको उत्पादकत्व धनकुटामा सबैभन्दा राम्रो देखिएको छ । खोटाङको उत्पादकत्व सबैभन्दा कम १ दशमलव ७५ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । प्रदेशको धान उत्पादकत्व भने सन्तोषजनक रहेको छ । यो वर्ष औसतमा ३ दशमलव ७४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes