अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो - Pahilo Online

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

मृत्यु भएकाहरुको सनाखत हुन बाँकी

writer

अर्घाखाँची । अर्घाखाँचीमा बुधबार भएको यात्रीवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । १३ जना घाइते छन् । घटनास्थलमा १७ जना र एकजनाको उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले जानकारी दिए ।

मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ । मृतकहरुमा ११ पुरुष र सातजना महिला छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको हो । गम्भीर घाइते १३ जनालाई उपचारका लागि बुटवल लगिएको छ ।

उद्धारकार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्नसक्ने बताइएको छ । राति अँध्यारो भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको सो बस बुधबार अपराह्न ४ बजेतिर दुर्घटना भएको थियो । बस सडकबाट करिब ५०० मिटर तल खसेको छ । बसमा कति यात्री सवार थिए भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । साँघुरो घुम्तीमा बस मोड्नेक्रममा दुर्घटना भएको जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes