शनिश्चरे । पथरीशनिश्चरे–४ स्थित जनकल्याण आधारभुत विद्यालयको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति छनौट गरेको छ ।
आइतबार विद्यालय परिसरमा सम्पन्न भेलाबाट विद्यालय व्यवस्थापन समितिका लागि अभिभावकहरुमध्येबाट चार जनालाई चयन गरेको हो । पथरीशनिश्चरे नगरपालिका वडा नं ४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको प्रमुख आतिथ्य, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सदस्यहरु, शिक्षा सेवी, जनप्रतिनिधिहरु, समाजसेवी, युवा सहितको भेला सो समिति चयन भएको हो ।
पथरीशनिश्चरे शैक्षिक व्यवस्थापन कार्यविधि २०७४ को नियम २८ बमोजिम अभिभावकहरुमध्येबाट दलबहादुर न्यौपाने, पूर्णबहादुर राई, श्रीमती गोमा कार्की र श्रीमती निर्मला दाहाललाई चयन गरेको विद्यालयका प्रधानअध्यापक देउमान लिम्बूले जानकारी दिए । उनका अनुसार बांकी सदस्यहरु विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी दश जनाको पूर्ण समिति बन्ने छ । जसमा वडाका जनप्रतिनिधिहरु मध्येबाट एकजना, स्थानीय शिक्षाप्रेमी, संस्थापक, बालक्लब, शिक्षक प्रतिनिधिहरुबाट छनौट गरी समितिले पूर्णता पाउने छ ।
पथरीशनिश्चरे वडा नं. ४ को उत्तरपूर्वी क्षेत्रमा अवस्थित जनकल्याण आधारभुत विद्यालयमा करिव ६ सय छात्रछात्राहरु अध्ययनरत छन् भनें दर्जनबढी शिक्षक कर्मचारी कार्यरत छन् ।