पथरीशनिश्चरेमा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम सुरु - Pahilo Online

पथरीशनिश्चरेमा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम सुरु

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । नगरका ३ स्थानमा जनचेतनामुलक कार्यक्रम गर्ने योजना अनुरुप आज वडा नम्वर ५ र ६ का लागि हसन्दहमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमाल, नगरको महिला तथा बालबालिका शाखाकी गीता कट्टेल, नगर महिला फेडेरेशनकी संयोजक गोमा दाहाल, समाजसेवी देवीमाया काफ्ले, शिक्षक कमल कटुवाल सहितले मन्तव्य व्यक्त गर्दै सवै पक्ष मिलेर लैंङ्गिक हिंसा अन्त्य गर्नु पर्ने बताएका थिए ।

सो अवसरमा लैंङ्गिक हिंसा विरुद्ध विद्यालयस्तरीय कविता प्रतियोगितामा अमरसिंह माविकी विना पासवान प्रथम, म्यूजिकल चियरमा सोही माविकी उर्मिला भण्डारी प्रथम भएकी छिन् । हण्डिफोरमा सुगाहाट माविकी कोपिला मगर र गायनमा कविता राई समेत पुरस्कृत भएका छन् । नगर उपप्रमुख वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका शाखामार्फत सवै वडालाई समेटेर ३ स्थानमा कार्यक्रमको तयारी भएको शाखाकी प्रमुख गीता कट्टेलले जनाइन्।

नगर उपप्रमुखको वास्तोलाको संयोजकत्वमा वनेको समितिले अव दोस्रो कार्यक्रम वडा नम्वर ४, ८ र ९ का लागि १८ गते शनिश्चरेमा र १, २, ३, ७ र १० का लागि २४ गते समापनका रुपमा पथरीमा कार्यक्रम हुने तय गरेको छ । नोभेम्वर २५ देखि सुरु भई अन्तरराष्ट्यि मानव अधिकार दिवश डिसेम्वर १० मा कार्यक्रम समापन गर्ने १६ दिनको अभियान अन्तर्गत नगरले पनि ३ दिनको कार्यक्रम तय गरेको हो । सो दिवशको नारा ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यवद्धता’ रहेको छ ।

यसैगरी, युएनएचसीआर, लुथरन सहितको सहकार्यमा शिविर व्यवस्थापन समितिले भूटानी शरणार्थी शिविर पथरीशनिश्चरेमा लैंङ्गिक हिंसा विरुद्धको र्याली निकालेको छ । नगर उपप्रमुख वास्तोलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes