‘वनमाथि लगाएको तेहरो कर सरकारले तुरुन्त फिर्ता गर्नुपर्छ’ - Pahilo Online

‘वनमाथि लगाएको तेहरो कर सरकारले तुरुन्त फिर्ता गर्नुपर्छ’

writer

पहिलो अनलाइन

सभालाई सम्बोधन गर्दै वडाध्यक्ष कृष्ण लुइटेल ।

 

जाँते । सामुदायिक वनलाई करलगाउने कुरामा सरकार चुकेको लेटाङ– ९ का वडाध्यक्ष कृष्णप्रसाद लुइटेलले बताएका छन् । वडाध्यक्ष लुइटेलले लेटाङ–९ जाँतेस्थित बसन्तहरियाली सामुदायिक वन उपभोक्ता समूहको १७औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष लुइटेलले सामुदायिक वनलाई तेहरो कर लिनु उचित नभएको धारणा राखेका हुन् । सामुदायिक वनलाई कर लगाउनु हुँदैन भनेर आफुले नगरपालिका कार्यपालिका बैठक, पार्टी र प्रदेश सरकारसम्म पुग्ने गरी पहल गरेको जानकारी दिए । ‘तेहरो करले सामुदायिक वन समूहहरुलाई अन्याय भएको छ, यो सरकारले तुरुन्त फिर्ता लिनुपर्छ’– वडाध्यक्ष लुइटेलले भने ‘यदि लिनुपर्ने हो भनें एकद्वार प्रणालीबाट लिनु उपयुक्त हुन्छ ।’

सभालाई सम्बोधन गर्दै फेकोफन मोरङ अध्यक्ष रामकृष्ण राई ।

कार्यक्रमका विषेश अतिथि सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष रामकृष्ण राईले संघीय लोकतान्त्रिक गणतन्त्रीक व्यवस्थाले सबैभन्दा ठूलो प्रहार सामुदायिक वनमाथि भएको बताए । ‘सामुदायिक वनहरुले कर नतिर्ने भनेको होइन, कर तिर्नुपर्छ तर एकद्वार प्रणाली मार्फत्’– अध्यक्ष राईले भने । उनले तीन नम्बर प्रदेश र एक नम्बर प्रदेशले मात्र बढी कर लादेको दावी गरे ।
कार्यक्रमका विषेश अतिथि सामुदायिक वन उपभोक्ता महासंघ लेटाङ नगर महासंघका अध्यक्ष अग्नीप्रसाद तिम्सिनाले वनमा लगाएको तेहरो कर फिर्ता गर्न माग गरे । सामुदायिक वनहरुले १६ वटा मन्त्रालयको काम गरेर अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाइरहँदा सरकारले तेहरो कर थोपरेर काम गर्न नदिएको बताए ।

साधारणसभाका अवसरमा सामुदायिक वनले कृषी पेशामा आबद्ध छ जना कृषकलाई सम्मान, एसइइमा उत्कृष्ट अंक ल्याउने उपभोक्ता सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

लेटाङ नगरपालिका वडा नं. ९ जाँतेमा रहेको बसन्त हरियाली सामुदायिक वनले वनबाट भएको आम्दानीबाट सामाजिक र सेवामुलक कार्यहरु गरेको वन समूहका अध्यक्ष सन्तबहादुर राईले जानकारी दिए । ‘हामीले वन समूहको सेवाक्षेत्रभित्र श्री माध्यमिक विद्यालयमा अध्ययनरत छोरी तथा बुहारीहरुलाई छात्रवृत्ति प्रदान गरी पढ्ने वातावरण बनाएका छौं’– अध्यक्ष राईले भने । उनका अनुसार वन समूहले विद्यालयको गेट निर्माण, कम्प्युटर कक्षा व्यवस्थापन, शौचालय निर्माणका लागि आवश्यक काठ सहयोग गरेको छ ।

यस्तै समूहले बैजनाथ प्रारम्भिक संस्कृत विद्यापीठ, अस्थायी प्रहरी चौकीलाई आर्थिक तथा जिन्सी सहयोग गरेको अध्यक्ष राईले प्रतिवेदनमा उल्लेख गरेका छन् । समूले गरीवि न्यूनिकरण तर्फ चार जना विपन्न वर्गका उपभोक्ताहरुलाई घर निर्माण गरिदिएको छ ।

कार्यक्रममा नेकपाका ९ नं. वडा संयोजक डिल्ली तिम्सिना, नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषदकी अध्यक्ष शान्ता राई लिम्बू, नेपाली कांग्रेसका तर्फबाट कृष्ण पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समूहका सचिव नरेश मंग्रातीले सञ्चालन गरेका थिए भनें उपाध्यक्ष विरबहादुर चेम्जोङले स्वागत गरेको कार्यक्रममा छिमेकी सामुदायिक वनका पदाधिकारी, सव डिभिजन वन कार्यालय जाँतेका प्रतिनिधि, नेपाल आदिवासी जनजाति प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes