सुब्बालाई बचाउन उपचार खर्च हस्तान्तरण - Pahilo Online

सुब्बालाई बचाउन उपचार खर्च हस्तान्तरण

writer

पहिलो अनलाइन

आशाका पती वीर नेम्बाङलाई संकलित सहयोग रकम हस्तान्तरण गरिंदै ।

पथरी । लिन्बुवान आन्दोलनको प्रमुख भूमिकामा रहेका नेता वीर नेम्वाङको पत्नी आशा सुब्बाको उपचारको लागि संकलित रकम आइतबार (आज)हस्तान्तरण भएको छ । वीर नेम्बाङ लिम्बुवान क्षेत्रको भाषिक, सांस्कृतिक, राजनीति आन्दोलनको प्रमुख नेता हुन ।

बिगतमा पाँच वटा लिम्बुवान जन्य पार्टी एकीकृतहुँदा नेम्वाङलाई सर्वोच्च नेता घोषित भएका थिए । इलाम नगरपालिक-५ घर भएका नेता नेम्वाङको ५८ बर्षिया सुब्बा बिगत १० महिनादेखि बोन म्यारो रोगको उपचार गराइ रहेका छ्न । बोन म्यारो पीडित सुब्बाको मंसिर २३ गते पथरीको काठमाडौ नयाँ वानेस्वर स्थित सीबिल अस्पतालमा अप्रेसन हुने नेम्वाङले बताए । शरीरमा विभिन्न समस्या आएपछि झापा बिर्तामोडको बिर्तासिटी, काठमाडौको टिचिङ, वीर अस्पतालहुँदै हाल सीबिल र बोन म्यारोको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

रोग पत्ता लाग्न नै समय लाग्नुको साथै लामो समयदेखी अस्पताल बस्नु र धाउदा १० लाख बढी खर्च भइसकेको नेता वीर नेम्वाङले बताए । नेम्वाङ परिवारको सन्तान छैन । बोनम्यारो ट्रन्सप्लान्ट गर्नु परे १२ देखि १८ लाखसम्म खर्च हुने स्वास्थ कर्मिहरुले जानकारी दिएको नेम्वाङले बताए । उपचार खर्च अभावको कारण विभिन्न स्थानमा आर्थिक सहयोग समिती गठन गरेर संकलन हुँदै आएको छ ।

यसै क्रममा मोरङमा पनि सहयोग समिती गठन गरेर संकलित ९० हजार नेता नेम्वाङलाई बुझाएका हुन । हस्तान्तरण कार्यक्रममा सहयोग संकलन समितिको अध्यक्ष सम्सेर नेम्वाङ, डम्बर नेम्वाङ, सागर सुब्बा, तेजमान तेङ्बे, तुलसा, बिना, कर्ण नेम्वाङ, समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य सागर साम्बा लगायतको उपस्थिती रहेको थियो ।

सहयोग समितिले बिशेष गरेर लिम्बू समुदायको राजनीति, सांस्कृतिक, भाषिक आन्दोलनमा जीवन खर्चेका नेता वीर नेम्वाङको पत्नी बचाउन आर्थिक सहयोग गरिदिन देश विदेशमा रहेका महानुभावहरुलाई अपिल गरेका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes